काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन् । साफ फुटबल प्रतियोगितामा पहिलो पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएको भन्दै राष्ट्रपति भण्डारीले नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत बिहीबार बधाई दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छन् ।
बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।