पोखरा। पोखरामा बिपन्न परिवारलाई दशैं मनाउन सहयोग सामग्री वितरण गरिएको छ। नेपालबाट रोजगारीको सिलसिलामा जापान गएका नेपालीहरुले संकलन गरेर पठाएको रकमबाट पोखराका ३८ बिपन्न परिवारलाई दशैं मनाउन खसीको मासु,दाल, चामल,नून,तेल लगायतका सामग्रीहरु वितरण गरिएको सुशिला क्षेत्रीले बताइन।
कास्की सामाजिक अभियान जापान मार्फत संकलन भएको रकमबाट मंगलबार सो सहयोग सामग्री वितरण गरिएको हो। पोखरा महानगरपालिकाका २४ देखी ३३ सम्मका वडाका ३८ बिपन्न परीवारलाई समाजसेवी तथा संचारकर्मीहरु मार्फत सहयोग सामाग्री हस्तान्तरण गरीएको थियो । सहयोग सामग्री वितरण गर्नुपूर्व प्रत्येक वडाका वडाअध्यक्ष संग परामर्श तथा समन्वय गरी बिपन्न परीवार छनौट गरीएको क्षेत्रीले जानकारी दिइन्।
कास्की सामाजिक अभियान जापानले यस अघि कोरोना महामारीको समयमा अक्सीजन सिलिण्डरको ब्यबस्थापनको लागि रकम संकलन गरेको थियो । तर त्यतीबेला अक्सीजनको समस्या नरहेको भन्ने जानकारी बिभिन्न अस्पतालहरु बाट आएपछि सो रकम खर्च भएको थिएन । सोही संकलित रकमबाट मंगलबार सहयोग सामाग्री हस्तान्तरण गरीएको हो ।