काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुगु र कास्की दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।उपराष्ट्रपति पुनले आज प्रेस नोट जारी गरेर ठूलो मानवीय क्षति हुने गरी मुगु र कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
उपराष्ट्रपति पुनले दुवै दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यस्तै दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि दुःख व्यक्त गरेका छन् । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उनीहरूले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।