• मंसिर १२ २०८१, बुधबार

गोल्डस्टार जुत्ता अब अमेरिकामा पनि किन्न पाइने

आश्विन २६ २०७८, मंगलवार

काठमाडौं । नेपाली ब्रान्ड गोल्डस्टारका जुत्ताहरु अब अमेरिकी बजारमा पनि पाइने भएको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चरर्सले अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो विक्री–वितरण सुरू गर्ने भएको छ ।

न्यूयोर्कस्थित एक कार्यक्रममा कम्पनीका अध्यक्ष आमिर प्रताप ज.ब.राणाले गोल्डस्टार जुत्ता संयुक्त राज्यभरका तोकिएका स्थानहरूबाट उपलब्ध हुने घोषणा गरे ।

कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्य दूत बिष्णुप्रसाद गौतम, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणा, ग्रेटर न्यु योर्क चेम्बर अफ कमर्सका अध्यक्ष मार्क ज्याफसहभागी थिए।

गोल्डस्टारको जुत्ता स्वर्गीय नुर प्रताप ज.ब. राणाले शुरु गरेका थिए । अधिकांश नेपाली घरहरूमा सस्तो तर टिकाउ जुत्ता ल्याउने सपना हो । यही परिकल्पनालाई साकार बनाउन किरण सु म्यानुफ्याक्चरर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको निर्माण गर्न थालेको थियो । गोल्डस्टार जुत्ता भारतमा समेत प्रख्यात छ । अमेरिका अघि गोल्डस्टार जुत्ता अष्ट्रेलिया, जापान र कतारमा समेत विस्तार भइसकेको कम्पनीले जनाएको छ।