• मंसिर १३ २०८१, बिहीबार

तत्कालीन सरकारको कारण मोतीपुर ‘रणमैदान’ बन्यो : सत्तारुढ तीन विद्यार्थी संगठन

आश्विन २६ २०७८, मंगलवार

काठमाडौँ। सत्तारुढ तीन दलका विद्यार्थी संगठनहरुले पूर्ववर्ती सरकार नै रुपन्देहीको मोतिपुर घटनाको मुख्य दोषी भएको आरोप लगाएका छन्।नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकटका विद्यार्थी संगठनहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर चार जनाको ज्यान जाने गरी भएको मोतिपुर घटनाको मुख्य दोषी पूर्ववर्ती सरकार भएको आरोप लगाएका हुन्।

उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

खद ‘औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिकरण नगर्दै गत फागुन २१ गते तत्कालीन सरकारले राज्य शक्तिको चरम दुरुपयोग गरी मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम आज मोतिपुर क्षेत्र रणमैदान भएको छ,अनाहकमा जनताको ज्यान गएको छ । यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ।’’ जारी विज्ञप्तिमा भनिएको छ।