काठमाडौँ। बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ । मंगलबार बिहान खसेको सुक्खा पहिरोले नदी थुनिएको हो ।
स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको जिल्ल प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ। नदी थुनिएपछि करिब एक किलोमिटर ताल बनेको थियो । अहिले स्थिति खतरामुक्त हुँदै आएको र थुनिएको नदी प्राकृतिक रुपमा आफैं बग्न थालेको बताइएको छ।