विराटनगर । मोरङ जिल्ला धनपालथान गाउँपालिकाको कर्सियामा रहेको सिटिजन्स बैंक लुट्ने प्रयास गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिटिजन्स बैंकको कर्सिया शाखामा आज दिउँसो रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्ने क्रममा लुटेरा समूहले गोली चलाई फरार रहेकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । गोली लागी घाइते भएका गार्डको अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।