• मंसिर १३ २०८१, बिहीबार

मोतीपुर घटना : मृतकका परिवारलाई जनही १ लाख दिइने

आश्विन २५ २०७८, सोमबार

बुटवल। रुपन्देहीको मोतीपुरमा घटनामा मृत्यु भएकाका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।
सोमबार सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले वास्तविक सुकुम्वासीको समस्या समाधान गर्न र सुझाव कार्यदल निर्माण गर्नका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएका छन्।

मुख्यमन्त्रीको निर्देशनसँगै समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मोतीपुरको समस्या हल गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपन्देहीको प्रतिनिधि, नापी कार्यालय रुपन्देही प्रतिनिधि, औद्योगिक ग्राम रुपन्देहीको प्रतिनिधि, भूमिहीनको प्रतिनिधि लगायतको टोली सहभागी रहेका छन् ।

समितिको बैठकले मृतकका परिवारलाई राहतस्वरुप जनही १ लाख प्रदान गर्ने निर्णय पनि गरेको छ ।मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख राहत प्रदान गर्नका लागि मुख्यमन्त्री कुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई जिम्मेवारी दिएका छन् भने घाइतेहरूको उपचार खर्च राज्यले ब्यहोर्ने भएको छ ।