• मंसिर १३ २०८१, बिहीबार

पोखरामा जिप दुर्घटना : ८ जनाको मृत्यु

आश्विन २५ २०७८, सोमबार

पोखराको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा जीप चालक खुशीमान क्षेत्रीसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखरास्थित हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जीपमा चालकसहित १० जना यात्रु सवार थिए ।

तीमध्ये एक जना जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । उनी भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उनको अवस्था सामान्य रहेको बताइएको छ। अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।
घटनास्थल पुगेको प्रहरीले लाशको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याउने तयारी गरेको छ । मृतकको शव क्षतविक्षत भई चिन्नै नसकिने अवस्थामा रहेको प्रहरीले बताएको छ ।