• मंसिर १३ २०८१, बिहीबार

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता

आश्विन २५ २०७८, सोमबार

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ। सोमबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको हो ।भेटमा द्विपक्षीय हित र सहयोगको बारेमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा गृहमन्त्री खाँणले नेपाललाई युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।मन्त्री खाणले आगामी दिनमा समेत विगतझैं सहयोग गर्न राजदूत डिप्रेजलाई आग्रह गरेका छन्। ‘नेपाललाई अहिलेसम्म इयुले गरेको सहयोगका लागि धन्यवाद। आगामी दिनमा पनि यस्तै सहयोग रहिरहने छ भन्ने अपेक्षा नेपाल सरकारको छ,’ मन्त्री खाँणले भने, ‘नेपाल सरकार इयूसँग काम गर्न तयार छ ।’

युरोपियन युनियनले लैंगिक समानता, शिक्षामा सहज पहुँच र वातावरणीय प्रभावका क्षेत्रमा नेपालमा काम गरिरहेको छ । भेटका क्रममा राजदूत डिप्रेजले नेपालमा संघीयतालाई स्थायित्व दिन सहयोग गर्न चाहेको बताएकी थिइन् ।