• मंसिर १२ २०८१, बुधबार

आजमात्रै मन्त्रीबाट राजीनामा दिएका गजेन्द्र भन्छन् : म जीवनमै आज धेरै खुशी छु, मन हल्का भयो

आश्विन २४ २०७८, आईतवार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट आजमात्रै राजीनामा दिएका गजेन्द्रबहादुर हमालले आजको दिन सबैभन्दा खुशीको दिन भएको बताएका छन् ।

मन्त्रीबाट राजीनामा दिएपछि पहिलोपटक प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रमको लागि अन्तर्वार्ता दिने क्रममा उनले आफूले स्वविवेकले पदबाट राजीनामा दिएको पनि खुलासा गरेका छन् । उनले आफूले मन्त्री बनाईदिनुपर्यो भनेर प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा दुवैलाई नभनेको भन्दै पशुपतिनाथको किरियासमेत खाए ।

उनले आफू अहिले पनि नेपाली कांग्रेसमा सक्रिय रहेको सुनाए । आगामी १४औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने पनि घोषणा गरे ।

आफूले गुरुको सल्लाहमा राजीनामा दिएको र राजीनामा दिनुभन्दा पहिले नै पत्रकार धमलालाई भनेको पनि सुनाए । आफूलाई मन्त्री बनाउनको लागि प्रधानन्यायाधीशको कुनै हात नरहेको उनको दाबी छ ।