काठमाडौँ । राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान)ले विभिन्न विधाका कलाकारहरुको ६ महिने विधागत प्रशिक्षण समापन गरेको छ । छ महिनासम्म चलेको गायन, वाद्यवादन तथा अभिनयका प्रशिक्षण कक्षाहरु शुक्रबार समापन गरिएको संस्थानले बताएको छ ।
गत वर्षको फागुन महिनादेखि सञ्चालित गायन, मादल वादन, बाँसुरी वादन, अभिनय लगायतका प्रशिक्षणका कक्षा कोरोना महामारीका कारण केही समय रोकिएका भएपनि फेरि सुचारु भएका थिए । प्रशिक्षण लिइसकेपछि अब आफू पेशामा प्रवेश गर्न ढुक्क रहेको छ महिनासम्म मादलको प्रशिक्षण लिएका कैलालीका नैनसिङ थापामगरले बताए ।
तस्विरहरु/नैनसिंह थापामगर