काठमाडौं । देशभर दशैंक चहलपहल बढेको छ । दशैँ मनाउन विदेश गएका नेपालीहरु स्वदेश फर्किरहेका छन् ।
यसैबीच हालसम्म दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट ४ लाख २२ हजार जना बाहिरिएका छन् । गएको असोज ११ गतेदेखि दशैँको लागि अग्रिम टिकट बुकिङ शुरु भएको थियो ।
अग्रिम टिकट शुरु भएदेखि शनिबार १० बजेसम्म ६७ हजार १ सय १२ वटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाडौँ छोडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताए ।
हाल दशैँको लागि लुगा किन्नेहरुको भिड पनि बजारमा बढिरहेको छ ।