• मंसिर १२ २०८१, बुधबार

विमानस्थलमा लागूपदार्थ सहित समातिएकी थिइन् शाहरुखकी पत्नी गौरी

आश्विन २२ २०७८, शुक्रबार

काठमाडौं । भारतीय चलचित्र क्षेत्रका वादशाह शाहरुख खानकी पत्नी गौरी खान इन्टेरियर डिजाइन र प्रोड्युसर पनि हुन् । उनी आज ५१ वर्षकी भएकी छन् । गौरी र शाहरुख खान यतिबेला छोरा आर्यनको कारण तनावमा छन् । आर्यन लागुपदार्थको केसमा फसेपछि आमाबाबु दुवै जना विवादमा फसेका छन् ।
केही वर्षअगाडि गौरी खान पनि लागुपदार्थ सहित भेटिएको चर्चा चलेको थियो । उनी बर्लिन एयरपोर्टमा लागुपदार्थ सहित भेटिएकी थिइन् । प्रहरीले यस विषयमा कुनै पनि आधिकारिक जानकारी दिएको थिएन । तर, गौरी लागुपदार्थ दुरव्यसनीमा रहेको जनाइएको थियो ।

गौरी खानलाई त्यस समयमा पक्राउ गरिएन किनकी उनीसँग एक व्यक्तिले प्रयोग गर्ने जति नै गाँजा थियो । उनीबारे यस विषयमा लगातार समाचार प्रशारण हुन थालेपछि गौरी खानले अन्तरवार्तामा उक्त समाचारलाई अफवाह बताएकी थिइन् ।