काठमाडौं । आज मन्त्रिपरिषद विस्तार हुन सकेन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको आज बसेको शीर्ष नेताको बैठकमा मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको स्रोतले बताएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भागबण्डा विवादले अब शुक्रबार मन्त्रिपरिषद् विस्तार हुनेछ ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने यसअघि नै सहमति भइसकेको छ ।
माओवादीले आफ्नो भागमा परेका मन्त्रीको नाम टुंगो लगाइसके पनि नेकपा एकीकृत समाजवादीको आजको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।