काठमाडौँ । संयुक्त राज्य अमेरिकामा एक किसानले बोटबाट टमाटर टिप्ने रोबोट बनाएका छन् । अपालचियन हिमालको काखमा निर्माण भएको अमेरिकी किसान जोनाथन वेभको संसारकै सबैभन्दा ठूलो दावी गरिएको टमाटर उत्पादन हुने ग्रीन हाउस अर्थात टमाटर टनेलमा पाकेका टमाटर टिप्न वेभले रोबोट निर्माण गरेका हुन् ।
उनको टमाटर फार्मबाट एक वर्षमा झण्डै २२ लाख ५० हजार किलो टमाटर उत्पादन हुने दावी गरिएको छ । अत्यधिक उत्पादन हुने भएकोले हरेक दिन पाक्ने बेमौसमी टमाटर बारीबाट टिप्न केवल मानिसहरुबाट मात्रै सम्भव नभएकोले टमाटर टिप्ने कृतिम वौद्धिक मानिस (रोबोट) निर्माण गरिएको ती किसानले बताएका छन् । एप हार्भाष्ट नाम दिइएको सो रोबोटले बारीबाट टमाटर टिपिरहेको दृश्य समेत ती किसानले सार्वजनिक गरेका छ।
सो टमाटर उत्पादन गर्ने फार्म हाउसका कार्यकारी अधिकृत जोनाथन वेभका अनुसार कम भन्दा कम स्रोत साधन प्रयोग गरेर वातावरणलाई कम असर गरेर संसारलाई खाना पुर्याउनु मानव समुदायको अहिलेको प्रमूख दायित्व रहेको छ । उनले भनेका छन्,‘संसारका कम भन्दा कम स्रोत साधन प्रयोग गरेर, वातावरणलाई धेरै अवरोध नगरी प्रविधिको प्रयोग गरेर हामीले यी काम गर्न सक्छौं ।’
संयुक्त राष्ट्र संघले गरेको आंकलन अनुसार सन् २०५० मा संसारको जनसंख्या १० बिलियन हुनेछ । त्यसबेला मानिसलाई खाना पुर्याउनको लागि खाद्य उत्पादन अहिलेको भन्दा ७० प्रतिशत बढाउनु पर्नेछ । त्यस कुरालाई मध्यनजर गर्दै सो फार्म हाउसले त्यतिबेला वृद्धि हुने जनसंख्या लाई समेत पुर्याउने लक्ष्य राखेर टमाटर उत्पादनलाई बढाउने बताएको छ । उसको भनाई अनुसार संसारलाई पुग्ने टमाटर सो फार्म हाउसले उत्पादन गर्ने उसको लक्ष्य रहेको छ ।