• फाल्गुन २४ २०८२, आईतवार

यसपालि कांग्रेसको चियापान कार्यक्रम नहुने

आश्विन २१ २०७८, बिहीबार

काठमाडौँ। सत्तारूढ नेपाली कांग्रेसले यसपालि चियापान कार्यक्रम नगर्ने भएको छ। हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम कोरोनाभाइरस महामारी कायमै रहेको भन्दै यसवर्ष नगर्ने निर्णय भएको कांग्रेसले जनाएको छ।

साथै कोरोनाविरूद्ध खोप अभियानमा जुट्न कांग्रेसले सबैलाई आग्रह समेत गरेको छ।