काठमाडौँ। सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई पूर्णता दिन केहीबेर अघिबाट सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक शुरु भएको हो।
बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन् ।