काठमाडौँ। नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन् । प्रहरीका अनुसार बिहीबार बिहान ७ बजे काठमाडौँ, बुलबुलेस्थित निर्माणाधीन घरबाट खसेका हुन् । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको बताए । ‘घटनाबारे महानगरीय प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।’