• मंसिर १२ २०८१, बुधबार

मुख्यमन्त्री राउतले पाए विश्वासको मत

आश्विन २० २०७८, बुधबार

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका मुख्यमन्त्री राउतले दुई तिहाईको समर्थन प्राप्त गरेका हुन् ।

प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो ।

राउत नेतृत्वको सरकारलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका कारण उनले विश्वासको मत पाएका हुन् ।