• असार १७ २०८१, आईतवार

बिना अक्सिजन मनास्लुको चुचुरोमा पुगिन् कतारकी थानी

आश्विन २० २०७८, बुधबार

काठमाडौँ । संसारमा मानिसले हरेक दिन नयाँ सोच बनाएको हुन्छ । विश्वमा कीर्तिमानी काम गरेर आफ्नो नाम सधैँका लागि अमर राख्न जो कोहीको पनि इच्छा हुन्छ । यस्तै व्यक्तिमध्ये कतारकी शेखा आस्मा अल थानीले अरब विश्वका लागि नयाँ कीर्तिमान राखेकी छिन् ।

उनले बिना अक्सिजन ८ हजार १ सय ३६ मिटर अग्लो हिमाल मनास्लु आरोहण गरेकी हुन् । यस्तो सफलता पाउने उनी पहिलो अरबी महिला हुन् । यसअघि अरब समुदायबाट कोही महिलाले पनि ८ हजार मिटर भन्दा अग्लो हिमाल बिना अक्सिजन आरोहण गर्न सकेका थिएनन् ।

‘मनास्लु हिमालको शिखरमा पहिलो पटक कतारी झण्डा पुगेको छ । मलाई मेरो सपनाको तागत थाहा थियो । मैले कहिल्यै पनि सपनालाई सानो घेरमा सीमित राखेको थिइनँ । मलाई आरोहणमा सहयोग गर्ने क्लेयर मर्फी, पिएर डानियल र निर्मल पुर्जालाई धन्यवाद भन्न चाहन्छु,’ आस्माले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् ।

उनको सफलामताका कारण कतारी ओलम्पिक कमिटी पनि रमाएको छ । ‘समस्त कतारबासीलाई बधाइ छ । हाम्रो झण्डा ८,१६३ मिटर अग्लो चुचुरोमा पुगेको छ,’ कमिटीले ट्वीट गर्दै भनेको छ ।