काठमाडौँ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री डा. खड्काले भने ‘सबैको सहमति र सहकार्यबाट मात्रै एमसीसी परियोजना अघि बढ्छ’ ।
एमसीसीबारे दलहरु एकस्वर हुनुपर्ने उनको भनाइ थियो।