• मंसिर १२ २०८१, बुधबार

मन्त्रीको नाम टुंगो लगाउन पौडेल समूहको बैठक बस्दै

आश्विन २० २०७८, बुधबार

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो आफ्नो समूहबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन पौडेल समूहको बैठक बस्न लागेको हो ।

मन्त्रालय भागबण्डामा कुरा मिलेपछि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी छ । कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ । संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन् । बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापन इतर समूहले पाउने भएका छन् । त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् ।

दुई मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ। पौडेल समूहमा मन्त्रीका लागि केन्द्रीय सदस्यहरु सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी र राजन केसीको नाम चर्चामा छ ।