काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरू भारत जाने भएका छन् ।
भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा नेता महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीवार दिल्ली जाने भएका हुन् ।
नेताहरु चारदिन दिल्लीमा रहने र त्यसबीचमा दुई देश-देश र पार्टी-पार्टी बीचको सम्बन्ध प्रगाढ बनाउने सम्बन्धमा छलफल हुने जनाइएको छ ।