• मंसिर १२ २०८१, बुधबार

अपहरण तथा शरीर बन्धक कसुरका अभियुक्त पक्राउ

आश्विन १९ २०७८, मंगलवार

काठमाडौं । मानिसलाई अपहरण गरेर शरीर बन्धक बनाएको अभियोगमा नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।

महाशाखाका अनुसार २०७८ साल असोज १७ गते सो अभियोगमा भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का वर्ष ३७ का धिरोज श्रेष्ठ र भक्तपुरकै चाँगुनारायण नगरपालिका वडा नं १ सरस्वतीखेल बस्ने वर्ष २९ कि रसिला अवाललाई पक्राउ गरिएको हो ।

उनीहरुलाई मिति २०७८ असोज १५ गते काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं ३, थानकोटमा डेरा गरी बस्ने निरमान भोम्जनको डेरा कोठाबाट निजको श्रीमतीलाई जबरजस्ती डर त्रास देखाई अपहरण गरी बन्धक बनाएको आरोप लागेको छ ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानको सिलसिलामा सो महाशाखाबाट परिचालित अनुसन्धान समूहले मिति २०७८ असोज १७ गते पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं १ सरस्वतीखेल स्थित रसिला अवालको घरकोठाबाट उद्दार गरिएको छ ।

सो घटनामा संलग्न भएको आरोपमा धिरोज श्रेष्ठ र रसिला अवाललाई पक्राउ गरी मिति २०७८ असोज १८ गते देखि लागू हुने गरि काठमाडौँ जिल्ला अदालत बाट पाँच दिनको म्याद थप भई थप आवश्यक अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ।