• मंसिर ८ २०८१, शनिबार

६ घण्टा फेसबुक नचल्दा जुकरबर्गलाई ६ अर्ब डलर घाटा

आश्विन १९ २०७८, मंगलवार

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका सञ्चालक मार्क जुकरबर्गको सम्पतीमा एकै दिन ६ अर्ब अमेरिकी डलर भन्दा बढीको गिरावट आएको छ ।

सोमबार राति ६ घण्टा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा ठप्प भएपछि शेयर बजारमा गिरावट आउँदा जकुरबर्गको सम्पती ६ अर्ब डलर भन्दा बढीले कम भएको ब्लुमबर्गले जनाएको छ ।

फेसबुकको सेयर सोमबार पाँच प्रतिशतले कम भएको थियो । त्यसको असर जुकरबर्गको सम्पतीमा पनि परेको हो । उनको कुल सम्पती १२१.६ बिलियन डलर रहेको छ ।

फेसबुकको स्वामित्वमा रहेका तीन सामाजिक सञ्जालहरु बिस्तारै पुनः सेवामा फर्किएका हुन् । तीन सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच बन्द भएको थियो । डाउन डिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०.६ बिलियन समस्याहरु रिपोर्ट भएको डाउन डिटेक्टरले जनाएको छ ।

डाउन डिटेक्टरले ‘आउटेज’ लाई ट्रयाक गर्ने गर्छ । यसअघि सन् २०१९ मा फेसबुकमा यस्तै समस्या आएको थियो, डाउन भएको थियो ।