• फाल्गुन २४ २०८२, आईतवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

आश्विन १९ २०७८, मंगलवार

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला रु ८९ हजार ३५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।