• मंसिर १२ २०८१, बुधबार

पूर्वसांसद इच्छाराज तामाङ सुन्धाराबाट पक्राउ

आश्विन १९ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेका पूर्वसांसद तथा सिभिल ग्रुपका अध्यक्षसमेत रहेका इच्छाराज तामाङ पक्राउ परेका छन् । उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज सुन्धाराबाट पक्राउ गरेको हो ।

सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्षसमेत रहेका तामाङविरुद्ध सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोग छ।

अध्यक्ष तामाङसहित अन्यविरुद्ध निक्षेपकर्ताहरूले दिएको उजुरीका आधामा सोमबार ब्युरोबाट खटिएको टोलीले उनीसहित सहकारीका अन्य व्यक्तिलाई पक्रा गरेको बताइएको छ ।

अध्यक्ष तामाङ विरुद्ध ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको छ ।