काठमाडौं । सरकारमा रहेका दलहरुमा अमेरिकी एमसीसीसँगको सम्झौता रोज्ने कि गठबन्धनलाई कायमै राख्ने भन्ने दुविधा उत्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई संसद्बाट छिटो पारित गर्ने पक्षमा छन् ।
यसकै लागि प्रधानमन्त्री देउवा संसद अधिवेशन अन्त्य गर्न नमानेको गठबन्धनकै नेता बताउँछन् । तर, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा छन् ।
माओवादी नेता गिरिराजमणि पोखरेल यथास्थितिमा एमसीसी संसदको निर्णय प्रक्रियामा लैजान नहुने बताउँछन् । ‘अहिलेकै अवस्थामा एमसीसी राष्ट्रहितमा छैन । संशोधन र राष्ट्रिय सहमति कायम नगरी यसलाई संसदमा लैजानु हुँदैन’, नेता पोखरेल भन्छन्, ‘प्रधानमन्त्रीले सोझै लैजानु भयो भने त्यसले गठबन्धनलाई प्रभाव पार्नेछ ।’
यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।