• मंसिर १२ २०८१, बुधबार

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधानका लागि शीर्ष तीन नेताहरुको तीन बुँदे निष्कर्ष

आश्विन १८ २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि तीन बुँदे निष्कर्ष निकालिएको छ ।

कांग्रेसका कांग्रेसका शीर्ष तीन नेताहरुले क्रियाशील सदस्यता विवाद समाधानका लागि तीन बुँदे निष्कर्ष निकालेका हुन् ।

सोमबार कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह निवासमा भएको भेटवार्तामा महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधी र नेता सिंहले बाँकी रहेका रहेका जिल्लाको विवाद तत्कालै टुंगोमा पुराउनुपर्ने, क्रियाशील सदस्यता विवादले महाधिवेन तालिका प्रभाबित हुन दिनु नहुने र तोकिएकै समयमा सम्पन्न गराउनु पर्ने निष्कर्ष निकालेका हुन् ।

यसैगरी बैठकमा सरकारलाई तत्काल पूर्णता दिनुपर्ने विषयमा समेत छलफल गरेका छन् । तीन नेताबीच आगामी महाधिवेशनमा मिलेर जाने र छलफललाई तीव्रता दिने विषयमा सहमति भएको छ ।