• मंसिर ११ २०८१, मंगलवार

खप्तड राष्ट्रिय निकुन्जमा छायांकन भएको ‘जीवन फुल्ने मेरो लहरा हो केवल तिमी हौ’ भिडियो सार्वजनिक

आश्विन १८ २०७८, सोमबार

काठमाडौं । सुदुरपश्चिममा रहेको पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जमा छायाङ्कन भएको ‘जीवन फुल्ने मेरो लहरा हो, केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौ’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो म्युजिक भिडियो सुनिल गिरी ९क्गलष् िन्ष्चष्० नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । एक महिना अघि सुटिङ भएको सो म्युजिक भिडियोमा मोडेल पल शाह र गरिमा शर्माले अभिनय गरेका छन् ।

राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न मिल्ने सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शब्द र लयका कारण अत्यधिक दर्शकको माया पाउने विश्वास गायक सुनिल गिरीको छ ।

सो गीतमा गायक गिरी र गायिका डा. त्रिशला गुरुङको स्वर रहेको छ । गीतको शब्द र संगीत पनि गायक गिरीकै रहेको छ भने म्युजिक भिडियोको छायाङ्कन र निर्देशन अनिल के मानन्धरले गरेका छन् ।

खप्तडको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन उद्देश्यले समेत सो क्षेत्रमा छायाङ्कन गरिएको गायक गिरीको भनाइ छ ।

खप्तड पुग्न निक्कै कठिन छ, तर हामीले निर्माण गरेको म्युजिक भिडियो हेरेपछि गएकालाई थकाई र दुःख बिर्साउने छ भने नगएकालाई खप्तड जाउजाउ भन्ने लाग्ने छ सुटिङबाट फर्किएपछि मोडेल पल शाहले प्रतिक्रिया दिएका थिए ।
१० दिन लगाएर सुटिङ गरिएको सो गीतको छायाङ्कनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहनु भएका गायक सुनिल गिरीले बताए ।

गायक गिरी १२ जना काठमाडौं र १० जना बझाङबाट लिएर गत भदौ २५ गते खप्तड पुगेका थिए ।
राष्ट्रिय स्तरका कलाकार गएर खप्तडमा सुटिङमा गरेको सम्भवत यो पहिलो म्युजिक भिडियो हो । सुदूरपश्चिम क्षेत्रमा चर्चित देउदा गीतका सुटिङ भने धेरै भएका छन् ।

३१०० देखि ३५०० मिटरसम्मको उचाइमा रहेको खप्तड प्राकृतिकरुपमा निक्कै रमणीय छ । सँधै आनन्ददायी मौसम रहने खप्तड घना जङ्गल र धार्मिक क्षेत्रका रुपमा पनि परिचित छ ।
खप्तड बाजुरा, बझाङ, डोटी र अछाम गरेर चार जिल्लाको साझा क्षेत्र समेत हो । सो म्युजिक भिडियो आइतबार रिलिज गरिने गायक गिरीले बताए ।

जीवन फुल्ने मेरो लहरा केवल तिमी हौ
भर दिने मेरो पहरा केवल तिमी हौ
जीवन फुल्ने मेरो लहरा केवल तिमी हौ
भर दिने मेरो पहरा केवल तिमी हौ

म झाँगिदै गएछु तिम्रो छाँयामा
म रङ्गिदै गएछु तिम्रो मायामा
म झाँगिदै गएछु तिम्रो छाँयामा
म रङ्गिदै गएछु तिम्रो मायामा

हुरी बताससँग डर लाग्दैन
तिमी बाहेक कसैको भर लाग्दैन
माया फुल्ने मेरो वसन्त केवल तिमी हौ
बिहानीमा शीतको सुगन्ध केवल तिमी हौ

म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै

मेरो कुनै अरू चाहना छैन
राखि हेर त्यो मनमा बहाना हैन
जीवन फुल्ने मेरो लहरा केवल तिमी हौ
भर दिने मेरो पहरा केवल तिमी हौ