• मंसिर १२ २०८१, बुधबार

मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु दु:खद् : सर्वोच्च

आश्विन १८ २०७८, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको संलग्नता नरहेको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भागबण्डा खोजेको समाचार सार्वजनिक भएपछि सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारको खण्डन गरेका छन् ।

‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रूपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद एवं खेदजन्य विषय हो’, विज्ञप्तिमा भनिएको छ ।