गोवा । जसपा नेपाल पाटीको भातृसंगठन प्रगतिशील नेपाली समाज समिति भारत अन्तरगत पंजाब राज्य समितिको मन्डिगोविन्दगढ जिल्ला समिति पुनर्गठन गरिएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पञ्जाब राज्य अध्यक्ष विष्णु शर्मा र पञ्जाब राज्य उपाध्यक्ष विनोद शर्मा उपस्थित थिए ।
पञ्जाब राज्यका उपसचिव र मन्डिगोबिन गोविन्दगढका इञ्चार्ज प्रेम विकको पहलमा ११ को समिति गठन भएको हो ।
समितिका पदाधिकारी यसप्रकार रहेका छन् । अध्यक्ष शंकर लुहार, उपाध्यक्ष कृष्णादेवि ओड
सचिव प्रेम कोली, उपसचिव शरद ऐसके, कोषाध्यक्ष पदम ओड, उपकोषाध्यक्ष डम्बरीदेवि लुहार र सदस्यहरु बब्लु नेपाली, धनिराम लावड, करण दमाई, अर्जुन सुनार रहेका छन् । जसपाको सुज अभियान अन्तरगत सो समिति पुनर्गठन गरिएको जनाइएको छ ।
निर्वाचित पदाधिकारीहरुलाई अतिथिहरुले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।