काठमाडौं। सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको विषयमा आज सुनुवाइ हुँदै छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराईलाई मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता न्यौपानेले अख्तियारसमेतलाई विपक्षी बनाएर ०७६ माघ २९ मा रिट दर्ता गराएका थिए।
रिटमा बालुवाटार प्रकरणमा नेपाल र भट्टराईमाथि अनुसन्धान गरेर मुद्दा चलाउन माग गरिएको छ।