• मंसिर १२ २०८१, बुधबार

सुनचाँदीको मूल्य स्थिर

आश्विन १८ २०७८, सोमबार

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ तोकिएको छ । हिजो आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँ रहेको छ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ तोकिएको छ । हिजो आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।