अक्सिटोसिन हर्मोन बच्चाको जन्म एवम् साल खसाल्न मद्दत गर्छ । यो आवश्यक दुध उत्पेक्षक हार्मोन हो । यो अन्त ग्रन्थी एवम् गर्भाशयबाट निस्कन्छ ।
यसैकारण अक्सिटोसिन हार्मोनलाई विश्व स्वास्थ्य संगठनले आवश्यक औषधिको सूचिमा सामेल गरेको छ । अक्सिटोसिन पशुहरुको फाँचोमा दुध उतार्ने अद्भूत क्षमता राख्दछ । अक्सिटोसिनको प्रयोगलाई लिएर पशुपालकमा धेरै किसिमका भ्रान्तिहरु छन् ।
यसमा पशुहरुको स्वास्थ्यमा हुन सक्ने दुष्प्रभाव तथा साथै मानिसमा अक्सिटोसिनको प्रयोग गरी प्राप्त दुधलाई उपभोगबाट हुन सक्ने तथाकथित दुष्प्रभाव सम्मिलित छ, जसलाई तुरुन्त हल गर्नुपर्ने आवश्यकता देखिन्छ ।
दुध फाँचो कल्चौंडोमा बन्द एवम् दुहुने बेलासम्म फाँचोमा नै रहन्छ । फाँचोमा दुधलाई दुई भागमा बाँड्न सकिन्छ : सिस्टर्न दुध र कोष्ठक दुध । जुन हिस्सा थुन एवम् ठूला दुधबाहिनीहरुमा मिल्दछ, त्यसलाई सिस्टर्न दुध भनिन्छ । जुन भागमा साना बाहिनीहरु एवम् कोष्ठकमा हुन्छन् त्यलाई कोष्ठक दुध भनिन्छ ।
सिस्टर्न दुध सजिलैसँग फाँचोबाट निस्कन्छ । तर कोष्ठक दुध साजिलै निस्कन सक्दैन । कोष्ठक दुधलाई फाँचोबाट निकाल्नु यसैले आवश्यक हुन्छ किनकि यदि यस दुधलाई फाँचोबाट निकालिएन भने यसले फाँचोमा दबाब बनाएर दुध निर्माण प्रक्रियालाई अवरोध गर्दछ ।
यस बाहेक फाँचोमा बचेको दुधमा संक्रमणलाई रोक्नका लागि पनि यो दुधलाई निकल्नु धेरै आवश्यक हुन्छ । केही क्रियाकलाप जस्तै बच्चाले स्तनपान गर्नु फाँचो धुने वा मालिस गर्ने वा सुमसुम्याउने अथवा दुध निकाल्नुभन्दा पहिले पाडापाडी, बाच्छाबाच्छी देखाउनाले अक्सिटोसिन हार्मोन श्रव पियुशिका ग्रन्थीको पछाडिको भागबाट हुन्छ ।
फाँचोभित्र पाश्र्व सवेंदी तन्त्रिकाहरु हुन्छन् जनु थुन चुस्दा वा दुध दुहुँदा यी आवेगहरुलाई मेरु रज्जाबाट संवाहन गरेर पश्च पियुषिकासम्म पु¥याउँछन् र कोष्ठलाई संकुचित गरेर दुध निष्काशन गराउँछ ।
अक्सिटोसिनको प्रभावको समय सीमा :
अक्सिटोसिन हार्मोनको अर्धआयु समय २–३ मिनेटसम्म हुन्छ । यस हार्मोनको मात्रा दुधालु पशुको खातमा धेरै न्यून हुन्छ तर दुध निकाल्ने बेला यो मात्रा बढेर जान्छ जुन फाँचोबाट दुध दुहुनका लागि आवश्यक हुन्छ ।
बच्चालाई दुध चुसाउने, मेसिनको आवाज सुन्ने, दुध दुहुने ठाउँमा पशुलाई लैजादा ग्वालालाई देख्दा एवम् दुध दुहुने बेला दाना आहार हाल्दा पनि यस हार्मोनको उत्पादन हुन्छ ।
दुध निकाल्ने बेलामा रगतमा अक्सिटोसिनको मात्रा १६.६ माइक्रोयुनिट प्रति एमएलसम्म पुग्दछ । यो मात्र २ देखि ३ मिनेटसम्म रहन्छ । यति कम समयमा नै यो हार्मोन दुध उत्सर्जन गर्नमा कामयाव हुन्छ । फेरि रगतमा अवस्थित इन्जाइमले यो हार्मोनलाई नष्ट गर्दछ ।
दुध संरचनामा फरक :
अक्सिटोसिन हार्मोनको मात्रा दुध दुहुने बेला रगतमा धेरै नै कम हुन्छ । यदि पशुलाई दुध निकाल्नुका लागि बढी अक्सिटोसिनको मात्रा दिइयो भने दुध त धेरै चाँडो निख्रिन्छ तर यसले दुधको संरचनामा प्रभाव पार्छ ।
दुधमा बोसोको मात्रा बढेर जान्छ जबकि शकंरा भने कम हुन्छ । यस बाहेक सोडिम एवम् क्लोराइड लवण बढेर जान्छ जव कि पोटासियमको मात्रा कम भएर जान्छ । जसका कारण कोष्ठकहरुको कोशिकाको परागमन क्षमता बढेर जान्छ ।
यसका कारणले दुधको केही तत्व जस्तै पोटासियम एवम् ल्याक्टोज प्लाज्मामा आउँदछ, एवम् रगतमा पाइने पदार्थ सोडियम क्लोराइ एवम् बायो कार्बोनेट दुधमा आउँछ । यसरी दुध एवम् रगतको तत्वहरुमा साटफेर हुन्छ जसले गर्दा दुधको संरचनामा फरक आउँछ ।
पशुको स्वास्थ्यमा असर :
अक्सिटोसिनको कम मात्रा (२ आई यु) ले पशुको स्वास्थ्यमा कुनै नराम्रो प्रभाव पार्दैन एवम् दुध पनि पूरा निख्रिन्छ तर धेरै बढी मात्रा (५० वा १०० आइ.यु.) ले भने पशुहरुको ऋतुकाल एवम् प्रजनन क्षमतालाई प्रभावित गर्दछ ।
यसलाई प्रयोग गर्नाले दुधको संघटनमा केही परिवर्तन आउँछ । यस हार्मोनको धेरै ज्यादा प्रयोग गर्भिणी पशुहरुबाट बच्चा जन्माउन गरिन्छ किनभने यस हार्मोनले प्रशवको बेला मांसपेशीलाई संकुचन गराउँछ जसले गर्दा पाठेघर पनि संकुचित हुन्छ । यसैले यस हार्मोनलाई सिमित मात्रामा पशु चिकित्सकको निगरानीमा नै उपयोग गर्नु उचित हुनेछ ।
उपभोक्ताको स्वास्थ्यमा असर :
पशुहरुमा अक्सिटोसिन इन्जेक्सनको उयोगबाट उत्पादित दुध पिउँदा मानव शरीरमा कुनै प्रकारको गलत प्रभाव पर्ने कुनै वैज्ञानिक आधार छैन । अक्सिटोसिनको अर्धआयु धेरै कम (२–३ मिनेट) भएको कारणले यस हार्मोनको मात्रा रगतमा धेरै चाँडो कम हुन्छ एवम् केही मिनेटमा शून्य बराबर हुन्छ ।
यसको मानवीय स्वास्थ्यमा कुने दुष्प्रभाव सम्भव हुँदैन । पशुपालकले उपयोगमा ल्याउने मात्रा (१–२ आई.यु.) धेरै कम मात्रा हो एवम् यस मात्रामा पशुहरुमा अक्सिटोसिनको टिका इन्जेक्सन लगाउनाले यसको कुनै सार्थक मात्राको अवशेष रहनु सम्भव हुँदैन ।
अक्सिटोसिन एउटा प्रोटिन हार्मोन भएको कारणले यदि केही मात्रा दुधमा अवेशषको रुपमा आइहाले नि मानिसको पाचन तन्त्रमा भएको पचक अम्लले यसलाई तुरुन्तै अमिनो अम्लमा बिघटित गराइदिन्छ । फलस्वरुप यसको कुनैखाले प्रभाव शेष रहँदैन ।
यस्तो विदित हुन्छ कि अक्सिटोसिनको सम्बन्धमा जनसमुदायमा धेरै किसिमका भ्रान्तिहरु छन्, जसको कुनै प्रमाणिक तथ्य छैन । फेरि पनि जुन अवयव पशुपालनद्वारा अक्सिटोसिनको रुमा प्रयोग गरिन्छ, त्यसको विश्लेषण आवश्यक छ । जसबाट यो पत्ता लगाउन सकियोस् त्यसमा अक्सिटोसिनबाहेक अरु कति थरिका रसायनहरु उपलब्ध छन् र तिनको मात्रा कति छ ।
वैज्ञानिकहरु विशेषज्ञहरुद्वारा सिफारिस एवम् समुचित मात्रामा अक्सिटोसिनलाई पशुहरुको जीवन रक्षाको लागि उपयोग गरिनु तर्कसङ्गत मानिन्छ । तर यसको निरन्तर दुध निख्रन प्रयोग गरिनुलाई तर्कसङ्गत मान्न सकिन्न । यसको लागि एउटा समुचित दिशा निर्देश भने अनिवार्य छ ।
दुध उत्प्रेक्षणमा प्रभाव :
तेज अवाज, चर्को कोलाहल, पशुको दुध दुहुने ठाउँ परिवर्तन, नयाँ दुहुने मानिस, गोठालो, अत्यधिक बल प्रयोग गरेर दुध निकाल्नु, पशुका शरीरमा दुख्नेजस्ता विपरित परिस्थितिहरुले अक्सिटोसिन हार्मोनको उत्पादन कम या खत्तम गर्दछन् जसले गर्दा दुध निष्काशनमा अवरोध उत्पन्न हुन्छ ।
अक्सिटोसिन एकखाले दुध उत्प्रेक्षण हार्मोन मानिन्छ, जसले दुध फाँचोबाट पूरै दुध निकाल्न सक्षम हुन्छ एवम् फाँचो पूरै खाली गराएर नयाँ दुध उत्पादनको लागि ठाउँ उपलब्ध गराउँछ । अक्सिटोसिन जस्तो प्रभाव दिने टिका सरकारद्वारा प्रतिवन्धित गर्दा पनि अधिकांश पशुपालकलाई सजिलै उपलब्ध हुनुका कारण तिनीहरु यसको अन्धाधुन्ध प्रयोग गरिराखेका छन्, जुन अनुचित मानिन्छ ।
र अन्त्यमा :
यस इन्जेक्सनको प्रयोग केवल ती पशुहरुमा गरिनु पर्दछ जसमा दुध दुहुने प्रक्रिया समुचित हुँदैन । यो समस्या प्रायजसो भैंसीहरुमा हुन्छ । यस इन्जेक्सनको अति प्रयोगले फाँचोको कोशिकाको संरचना पनि प्रभावित हुनसक्छ ।
पशु दुहुनेबेला प्रेमपूर्वक मुसार्दै तनावरहीत वातावरणमा दुहुनु पर्दछ ताकि पशुको भित्रबाट नै अक्सिटोसिन हार्मोनको सामान्य सञ्चार हुनसकोस् । पशुबाट धेरै भन्दा धेरै दुध प्राप्त गर्न सकियोस्, पशुहरुको वरिपरिको वातावरण शान्त स्वच्छ एवम् अुनुकूल हुनु पर्दछ । यसको प्रयोग पशुचिकित्सकको सल्लाहमा मात्र उपयुक्त मात्रामा गरिनु पर्दछ ।