रोमानिया । रोमानियाको एक अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।
‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको पपचार कक्षमा शुक्रबार बिहान आगलागी भएको हो । मृत्यु हुने सबै बिरामी कोरोना संक्रमित रहेका थिए । सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् ।
अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि खटाइएका एक अधिकारीले बताए ।