• फाल्गुन २४ २०८२, आईतवार

नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्नुहुँदैन : ओली

आश्विन १५ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन्। ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले नेपालको समस्या नेपालीले नै समाधान गर्नुपर्ने बताए।

‘हामी भारतसँगको असमझदारी कुटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छौं। भारतले अनावश्यक आन्तरिक मामिलमा चासो राख्नु हुँदैन,’उनले भने,’ कुनै पनि बहानामा पनि विदेशी हस्तक्षेप स्वीकार्य हुँदैन।’