• मंसिर १२ २०८१, बुधबार

शेयर बजारमा ३२ अंकको गिरावट, तीन अर्बको कारोबार

आश्विन १४ २०७८, बिहीबार

काठमाडौँ। साताको सेयर कारोवार हुने अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३२ अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा जम्मा तीन अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसक्रममा आज जम्मा ७३ लाख २१ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

बजार उच्च अंकले घटे पनि आज व्यापार, अन्य र म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । व्यापार ११८ अंकले, अन्य ४ अंकले र म्यूचुअल फण्ड समूह ०.०३ अंकले बढेको छ । यसबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । विकास बैंक समूहमा सबैभन्दा धेरै १५५ अंकको, निर्जीवन बीमा समूहमा १०४ र जीवन बीमा समूहमा १०१ अंकको गिरावट आएको छ ।

समग्र बजार घटेपनि आज नेपाल फाइनान्स, मैलुङ खोला र मनकामना स्मार्ट लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । एकैदिन १० प्रतिशतले मूल्य बढेसँगै यी तीन कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।