• मंसिर १२ २०८१, बुधबार

सभा जुलुस, जात्रा, महोत्सव र भिडभाड नगर्न काठमाडौं जिल्ला प्रशासनको आदेश

आश्विन १४ २०७८, बिहीबार

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा जुलुस, जात्रा, महोत्सव तथा भिडभाड हुने कुनै पनि गतिविधि नगर्न आदेश जारी गरेको छ।

कोरोना भाइरस फैलिने जोखिम अहिले पनि उच्च रहेको जनाउँदै काठमाडौँ प्रशासनले बिहीबार एक आदेश जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी अर्को आदेश नआएसम्मलाई जिल्लाभित्र यस्ता कार्यमा रोक लगाएको हो।

घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज भतेर लगायतका कार्यक्रम निषेध गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा उल्लेख छ।

यस्तै कोभिड १९-को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।