• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

आश्विन १४ २०७८, बिहीबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ। प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवाले आज बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन्।

एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ।

यसअगाडि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए।