• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

आश्विन १४ २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

विहीबार विहान सर्वदलीय बैठक बोलाएका देउवाले अपरान्ह मन्त्रिपरिषद बैठक बोलाएका हुन् । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक नै भएको बताए ।

उनका अनुसार सरकारका दैनिक काम कारबाही नै बैठकका एजेण्डा रहेका छन् ।