काठमाडौं । भोलि बिहान १० बजे सर्वदलीय बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बिहान १० बजे सर्वदलीय बैठक बोलाएका हुन् । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि सर्वदलिय बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।
यसअघि संसदको अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी एमालेले बहिष्कार गरेको थियो । एमालेको अवरोधकै बीच सरकारले बजेट पास गरेको थियो ।
आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएको छ ।