• मंसिर ७ २०८१, शुक्रबार

कालिकोटको विकास माओवादीले मात्रै गर्न सक्छ : मुख्यमन्त्री शाही

आश्विन १३ २०७८, बुधबार

नेकपा (माओवादी केन्द्र) कालिकोट खाँडाचक्र नगर समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धनलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही थिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले माओवादी केन्द्र संगठन विस्तारका लागि वडा र टोलसम्म लागेकोले पार्टीलाई बलियो बनाउन सबै लाग्नु पर्ने बताए । उनले कालिकोटको विकास र समृद्धि केवल माओवादी केन्द्रले मात्र गर्न सक्ने जिकिर गरे । उनले माओवादी केन्द्रले जनतामुखी विकासमा ध्यान दिनुपर्ने भन्दै जनप्रतिनिधिलाई त्यतातिर लाग्न आग्रह गरे ।

अर्का वक्ता धनजित शाहीले वडादेखि केन्द्रसम्म नै अब माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरे । उनले जनयुद्धको उपलब्धी नेपाली जनताले अनुभूति गर्न नसकेको भएपनि अब माओवादी केन्द्र सरकारमा गएर देशको विकास र समृद्धिको यात्रा तय गर्ने बताए ।

कार्यक्रममा नेताहरु लक्ष्मीप्रसाद चौलागाईं, खेम सिंह, गणेश शाही, गणेश शाही लगायतको उपस्थिति थियो । सो अवसरमा नेकपा एमाले बाट ५५, राप्रपाबाट ३ जना र राष्ट्रिय जनमोर्चाबाट १ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नव प्रवेसीलाई मुख्यमन्त्री शाहीले फुलमाला लगाएर स्वागत गरे ।