काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बुधबार मध्याह्न १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।
आजको बैठकले मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको टुंगो लागाउने तयारी गरिएको बताइएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार विस्तारको तयारी भइरहँदा मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक बस्न लागेको हो।
माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने बताइएको छ। माओवादीबाट यसअघि नै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन्। अब माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री छान्नु पर्नेछ।