काठमाडौं । भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी मंगलबार काठमाडौं आएका छन् ।
भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव मंगलबार नेपाल आएको जनाइएको छ ।
श्रीवास्तावले काठमाडौँमा रहँदा अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने छन् ।