काठमाडौँ । मंगलबार शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । आज नेप्से सूचक ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा आइपुगेको छ । ३२ सय आसपासमा पुगेको बजार घटेर अहिले यो विन्दुमा आइपुगेको छ ।
यस दिन ५ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लाग्ने गरी वृद्धि भएको छ । सबै समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स र हाइड्रोपावर समूहमा गिरावट आएको छ ।
१८ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र नेसनल हाइड्रोपावर परेका छन् ।