• मंसिर ७ २०८१, शुक्रबार

गाउँमा बिजुली बत्ती बल्दा बरातुका जनतामा छायो खुशी

आश्विन १२ २०७८, मंगलवार

कालिकोट । धेरै लामो समयपछि कालिकोटको खाँडाचक्र–११ बदालकोटको बरातु टोलमा बत्ती बलेको छ । प्राविधिक टोलीका विष्णुबहादुर धराला, रत्नबहादुर शाही र धु्रवराज शाही र स्थानीय हरिचन्द्र गिरी, विनोद गिरीले सँगै काम गरेर गाउँमा बत्ती बाल्न सफल भएका हुन् ।

अहोरात्र खटेर गाउँमा बत्ती बाल्न सफल भएकोमा स्थानीय जनता हर्षित भएका छन् । स्थान हरिचन्द्र गिरी भन्छन्,‘धेरै संघर्षपछि बल्ल बत्ती बाल्न सफल भइयो । स्थानीयहरु बत्ती बलेको देखेर खुशी भएका छन् । बत्ती बाल्न किन ढिला भएको हो ? भनेर सोध्दा काम गर्ने कर्मचारी पनि काम भएकोले ढिलो भएको बताए ।

काम छिटो गर्न दबाव दिन जाँदा मेयर जसीप्रसाद पाण्डे र वडाअध्यक्ष पुष्पराज गिरीले छिटो काा गराउनका लागि पहल निरन्तर पहल भएको बताए ।

गाउँमा बत्ती बलेकोमा खुशी हुँदै स्थानीय जीवन गिरी भन्छन्,‘नगरपालिका घोषणा भएको भएपनि अहिलेसम्म बत्ती बलेको थिएन । हाम्रो टोलका हरिचन्द्र गिरी लगायत गाउँका अगुवाहरुले बारम्बार विद्युत कार्यालय धाएपछि बत्ती बलेको हो ।’
तर अहिले सिंगल फेज बत्ती आएकोले खासै खुसी हुनु पर्ने देखिन्न ।

किन कि खाँडाचक्र–११ बदालकोटमा ५ ओटा टोल भएता पनि अहिलेसम्म बरातु, बबेडि र रेगिलमा मात्र बत्ती बलेको छ । पुरै वडामा कहिले बत्ती बल्छ भनेर स्थानीयले आवाज उठाइरहेका छन् । अब गाउँमा चाँडै थ्रीफेज बत्ती आवश्यक रहेको स्थानीयको भनाइ रहेको छ ।

स्थानीय गाउँहरु उत्पादन र कलकारखाना खोल्न सकिने सम्भावना बोकेका ठाउँहरु हुन् । किन कि यो ठाउँ कालिकोटको सदरमुकाम नजिकै जोडिएको टोल हो । अहिलेसम्म बत्ती नबल्नु भनेको गाउँका अगुवाहरु क्रियाशील नभएकै कारण हो । यसका लागि स्थानीय नेता, कार्यकर्ता र सामाजिक अभियन्ता तथा स्थानीय जनता नै अग्रसर हुनुपर्ने आवश्यकता छ ।