• मंसिर १२ २०८१, बुधबार

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास

आश्विन ११ २०७८, सोमबार

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास भइरहेको छ ।

नेपाली सेनाले भारतको पिथौरागढमा जारी सैन्य अभ्यासका केही तस्वीरहरु सार्वजनिक गरेको छ । सैन्य अभ्यासमा नेपाली सेना र भारतीय सेनाले स्थल युद्धका विभिन्न रणनीतिबारे अभ्यास गरेका छन् ।

अभ्यासअन्तर्गत दुई देशका सैन्य अधिकारीहरूले हिमाली क्षेत्रमा आतङ्कवादविरुद्ध सङ्घर्ष गर्न एकअर्काका शस्त्रास्त्र, उपकरण, रणनीति, प्रविधि र प्रक्रियाहरूबारे पनि जानकारी लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गत मंगलबार १५ दिने अभ्यास सुरु भएको हो । त्यसक्रममा त्यसबाहेक मानवीय सहायता र विपद् राहत, उच्च भूभाग अनि जङ्गलमा हुने युद्ध लगायतका विषयवस्तुहरूमा पनि प्राज्ञिक छलफल हुने छ ।

नेपालबाट ३०० र भारतबाट ३५० सैन्य जवानहरूको सहभागिता रहेको छ।