काठमाडौँ । बुद्ध एयरको जहाज दुर्घटना हुनबाट बचेको छ । आज बिहान काठमाडौँबाट ७३ जना यात्रु बोकेर बिराटनगरका लागि उडेको सो एयरलाइन्सको उडान संख्या U4-771 रहेको जहान कल साइन AN-9N-ANI जहाज बिराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएका कारण काठमाडौँ ल्याएर अवतरण गरिएको हो ।
बिराटनगरमा अवतरण गर्ने क्रममा ल्याण्डिङ गियरमा समस्या देखिएको कारणले जहाजलाई चालकले काठमाडौँ फर्काउने निर्णय गरे । सुरक्षा निर्देशिका अनुसार जहाजमा भएको इन्धनलाई कमगर्न केहीबेर काठमाडौँको आकासमा फन्को लगाएर सबै सुरक्षा मापदण्ड पूरा गरेर सुरक्षितसाथ काठमाडौँमा अवतरण गरेको बुद्ध एयरले बताएको छ ।
सो एयरलाइन्सका अनुसार जहाजमा अवतरणका लागि दुइवटा इण्डिकेटर रहेको हुन्छ, जस अनुसार प्राइमरी इण्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिक थियो तर पनि ‘सुरक्षाको शुन्य शहनाशिलता’ अनुसार क्याप्टेनले जहाजलाई काठमाडौँ फर्काउने निर्णय गरेर आउँदा एयरलाइन्सको टिमको क्याप्टेनसँग भएको रेडियो सम्पर्क अनुसार अवतरण गियर चेकजाँच गर्दा झरेको संकेत साथै जानकारी दिँदा अन्तरराष्ट्रिय तथा नगारिक उड्डयन प्राधिकरणले गरेको जारी निर्देशिका अनुसार सो जहाजलाई काठमाडौँ बिमानस्थलमा अवतरण गराइएको थियो ।
सो जहाजमा बयस्क ६८ जना,बच्चा २ जना र इन्फयाक्ट ३ जना गरि ७३ जना सवार थिए।